शनिबार, मंसिर ८, २०८१ |Sun Nov, 2024
अक्ल्याण्डको समय: ०४:०१ |सिड्नीको समय: ०२:०१ |काठमाडौंको समय: २०:४६

एनएडिफको अधिवेशन जुन २५ मा, मेम्वरसीप आवेदन खुल्यो

एएनजेड खबरअप्रिल १०, २०२२
This image has an empty alt attribute; its file name is 126242257_101720655106492_3809625406328227357_n.jpg

अष्ट्रेलियामा रहेका प्रजातन्त्रवादीहरुको संस्था नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरम (एनएडिएफ) नयाँ नेतृत्व चयनका लागि अधिवेशनको तयारीमा जुटेको छ ।


आगामी जुन २५ शनिवार सिड्नीमा आयोजना गरिने अधिवेशनको प्रक्रियामा सहभागि हुनका लागि सदस्यता दर्ताको प्रक्रियालाई गत मार्च १६ तारिखदेखि नै खुल्ला गरिसकेको छ । साथै सदस्यता फारम भर्ने अन्तिम मिति मे १५ तारिखसम्म रहेको पनि एनएडिएफले जनाएको छ । (सदस्यता फारम भर्न लिंकमा क्लिक गर्नुहोस् https://www.nadf.org.au/register


प्रति ब्यक्ति ५० डलर सदस्यता सुल्क तोकिएको र अनलाईन मार्फत एक मिनेटमै सदस्यता फारम भर्ने सहज ब्यवस्था गरिएको एनएडिफका महासचिव भिष्म भण्डारीले एएनजेड खवरलाई बताए ।


सन् १९९८ मा स्थापना भएको एनएडिफ अष्ट्रेलियामै पहिलो रजिष्ट्रर्ड संस्था हो । एनएडिएफले स्थापनाकालदेखि हालसम्म निरन्तर रुपमा सामाजिक, राजनीतिक र परोपकारी कार्यमा सहभागी संस्थाका रुपमा अग्रपंक्तिमा रहेर गौरवशाली इतिहास रचेकाले संस्था प्रतिको प्रजातन्त्रवादी साथीहरुको आकर्षण बढेको एनएडिएफका अध्यक्ष सुरेन्द्र सापकोटाले बताएका छन् ।
प्रवासमा छरिएर रहेका प्रजातन्त्रवादीहरु एउटै छातामुनी गोलबद्ध भएर अटाउने मञ्चका रुपमा एनएडिएफ रहेकाले कर्मभूमि र जन्मभूमिका सुखदुःखमा रमाउने सेतुका रुपमा रहेको संस्थामा धेरै भन्दा धेरै प्रजातन्त्रवादी साथीहरु यस पटकको अधिवेशनमा जोडिने अपेक्षा गरेको पनि अध्यक्ष सापकोटाले जनाए ।


एनएडिएफका उपाध्यक्ष एवं पत्रकार माधव गैरेले अष्ट्रेलियामा नेपालीहरुको संख्या द्रुततर गतिमा बढेसंगै संस्थाको महत्व र जिम्मेवारीपनि बढ्दै गएकाले आसन्न अधिवेशनले संस्थालाई अझै उचाइमा लैजाने दावी गर्दै भनेर्ः यो पटक अष्ट्रेलियाका धेरै भन्दा धेरै प्रजातन्त्रवादी प्रवासी नेपालीहरु संस्थामा जोडिनुहुने मैले अपेक्षा गरेको छु ।’


एनएडिएफका अर्का उपाध्यक्ष हरिभक्त अधिकारीले गत दुई वर्षमा मात्र कोभिड महामारीवाट प्रताडित, आगलागी पीडित नेपालका दुर्गमदेखि सुगमसम्मका ठाउँमा राहत सहयोग गरेको, गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजयी बनाउन सफल भूमिका निर्वाह गरेको र आगामी वर्षहरुमा सामाजिक कार्यहरुमा अझ प्रभावकारीरुपमा अघि बढ्ने लक्ष्य बोकेको बताउँदै यो पटकको अधिवेशनमा लोकतन्त्रप्रति आस्थावान अष्ट्रेलियाका नेपालीहरुको सहभागिता उल्लेख्नीय हुने एएनजेड खवरसँग दावी गरे ।

तपाइँको प्रतिक्रिया