शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:३१ |सिड्नीको समय: ०७:३१ |काठमाडौंको समय: ०३:१६

सानेपामा काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

एएनजेड खबरमार्च २८, २०२२

काठमाडौं– नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो पौने १ बजेबाट सुरु भएको हो । आजको बैठकले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने बताइएको छ ।
जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्
साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया