शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:४६ |सिड्नीको समय: ०७:४६ |काठमाडौंको समय: ०३:३१

साना ७३ दलले उनीहरुकै चिन्हमा चुनाव लड्न पाउने

एएनजेड खबरमार्च २८, २०२२

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ ।
आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।
त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे शनिवार छलफल भएको र आइतबारको बैठकले निर्णय गरेको हो ।

तपाइँको प्रतिक्रिया