शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:३२ |सिड्नीको समय: ०७:३२ |काठमाडौंको समय: ०३:१७

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किए

एएनजेड खबरमार्च २७, २०२२

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । शनिबार दुई देशबीच विभिन्न ९ बुँदे सम्झौता समेत भएको थियो ।
तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका विदेशमन्त्री वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.।नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
यीले नेपाल भ्रमणका क्रममा शनिबार शिवपुरीमा हाइकिङ गरेका थिए।

तपाइँको प्रतिक्रिया