शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:३९ |सिड्नीको समय: ०७:३९ |काठमाडौंको समय: ०३:२४

नेपाललाई चीन सरकारद्धारा ११ अर्ब ४० करोड सहयोग

एएनजेड खबरमार्च २७, २०२२

काठमाडौं– चीन सरकारले नेपाल सरकारलाई आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ।
उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ। उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो।
यसैबीच नेपालको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया