शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:४२ |सिड्नीको समय: ०७:४२ |काठमाडौंको समय: ०३:२७

कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी दिनुपर्छ – पौडेल

एएनजेड खबरमार्च २४, २०२२

दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताएका छन् । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताए ।

उनले भने, “विपक्षी दलहरूले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेका छन् । त्यस्ता भ्रमलाई कांग्रेसले  चिर्न सक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । फरक प्रसंगमा उनले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताए । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे ।

कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी सरकारमा हुँदा भएका राम्रा कामका बारेमा प्रचार गर्नुपर्नेमा जोड दिए । कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले कांग्रेसले आचरण सुधार गर्नुपर्नेमा जोड दिँदै योग्य, क्रियाशील र क्षमतावान्लाई स्थानीय चुनावमा टिकट दिइने बताए ।

तपाइँको प्रतिक्रिया