शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:२९ |सिड्नीको समय: ०७:२९ |काठमाडौंको समय: ०३:१४

१९ हजार अष्ट्रेलियन डलरसहित अष्ट्रेलिया जान लागेकी युवती विमानस्थलबाट पक्राउ

एएनजेड खबरमार्च २२, २०२२

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंबाट अष्ट्रेलिया जान लागेकी एक युवती १९ हजार अष्ट्रेलियन डलरसहित पक्राउ परेकी छन् ।

कतार एयरवेजको उडानमार्फत काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलियाको सिड्नी जान लागेकी गोरखाको बोर्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध रूपमा लुकाएर बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाको महिलातर्फको मेसिनमा जाँच गर्दा ब्यागभित्र रातो रङको पर्समा १९ हजार ६०० अष्ट्रेलियन डलर फेलापरेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया