शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:४२ |सिड्नीको समय: ०७:४२ |काठमाडौंको समय: ०३:२७

चैत मसान्तभित्रै स्थानीय तहको उम्मेदवार टुंग्याउँछौं – प्रवक्ता डा.महत

एएनजेड खबरमार्च २०, २०२२

सल्यान – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी वैशाखमा ३० मा हुने स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताएका छन् ।
नेपाल प्रेस युनियन सल्यानले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन् ।
‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिश गर्छौं’ उनले भने ।
पार्टीका तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमा केन्द्रले उम्मेदवार चयन गर्ने पनि प्रवक्ता महतले बताए । ‘जुन तहको उम्मेद्वारी हो, त्यहीं टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’ उनले भने ।

तपाइँको प्रतिक्रिया