शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

सनातन समाज अस्ट्रेलियाले नव बर्ष २०७९ अवसरमा कार्यक्रम आयोजना गर्ने

एएनजेड खबरमार्च १९, २०२२

अस्ट्रेलिया – सनातन समाज अस्ट्रेलियाले नव बर्ष २०७९ साललाई भब्य रूपमा स्वागत गर्न विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
उत्तः कार्यक्रम मार्फत नेपाल तथा नेपालको विविधताको जानकारी गराउदै विभिन्न जातजातिको सांस्कृतिक नृत्य, पहिरनको प्रर्दशनी तथा नेपाली खानाको स्टल पनि राख्ने संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
यस कार्यक्रमको विशेष आकर्षणको रूपमा आतिस्बाजी रहेको जनाइएको छ । सम्भवत कुनै पनि विदेशी भुमिमा नेपाली नव वष आतिस्बाजीको साथमा मनाउन लागिएको यो नै पहिलो भएको आयोजक संस्थाको दावी छ ।
मुख्यतः यस कार्यक्रमको उद्देश्य नेपाल, यसको विविधता तथा अलग पहिचान संग यहाँको सरोकारवालाहरुलाई जानकारी गराउंदै नेपालीहरूको लागि नेपाली स्वरूपको मन्दिरको आवश्यकताको बोध गराउनु नै रहेको अध्यक्ष सन्तोष मल्ल तथा सचिव श्री बासु चापागाईद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
कार्यक्रम मार्फत दिनानुदिन बढ्दै गैरहेको नेपाली समुदायको हकहित तथा समुदायको आवश्यकताको उजागर गरी सरकारी तवरमा निर्माण गरिने नीति नियममा हाम्रो पनि सहभगिता सुनिश्चित गराउने प्रयत्न पनि रहेको विज्ञप्तीमा जनाइएको छ ।

कार्यक्रमको सफलताको लागि यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरु समेतको सहभागितामा एक आपसमा ऐक्यबद्दता जनाउँदै सामुहिक रुपमा यस कार्यक्रम मनाउदा सामुदायिक भावना पनि बलियो बनाउने लक्ष्य राखी सबैको साथ सहयोगको अपेच्क्षा राखेको संस्थाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया