शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४८ |सिड्नीको समय: ०७:४८ |काठमाडौंको समय: ०३:३३

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको २५ औं वार्षिकोत्सव अप्रिल ३ मा मनाइदै

एएनजेड खबरमार्च १९, २०२२

सिड्नी- नेप्लीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ) ले अप्रिल ३ तारिखमा आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
संस्थाले पत्रकार सम्मेलन गर्दै दिइएको जानकारी अनुसार २५ औं वार्षिकोत्सवलाई मनाउनको लागि विभिन्न सातवटा टास्कफोर्सहरु गठन गरिएको छ । सार्थ टास्कफोर्सहरुले काम तिव्ररुपमा अघि बढाएको छ ।
एशोसिएसनका अध्यक्ष राम गुरुङले न्याभको हालसम्मको यात्रालाई उजागर गरिने बताए ।
हाल नेप्लीज एशोसिएसन अफ भिक्टोरियामा १२ सय सदस्यहरु रहेको भएपनि भिक्टोरियामा आइपुग्ने सबै नेपाली स्वतः यसको सदस्य हुने जानकारी समेत संस्थाले जनाएको छ ।
वार्षिकोत्सव कार्यक्रम मेलबर्नको थनवरी थियटरमा हुने भएको छ । यस अवसरमा विशेष स्मारिका समेत प्रकाशन गरिने भएको छ । कार्यक्रममा नेपाली समूदायका सदस्यका साथै अष्ट्रेलियको बहुसांस्कृतिक समूदायका नेताहरुलाई आमन्त्रण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा यहाँका प्रिमियर डेनियल एन्ड्रयूलाई बोलाइएको भएपनि उनको प्रतिनिधित्व गर्दै बहुसांस्कृतिक मन्त्रीले सहभागिता जनाउने निश्चित भएको बताइएको छ ।
न्याभले बनाएका विभिन्न टास्क फोर्सका संयोजकहरु एवं न्याभका पूर्वअध्यक्षहरु संस्थापक अध्यक्ष डा. राजु अधिकारी, तारा गैरे, बम योन्जन, रन्जन वैद्य, डा. अनुपम पोखरेल लगायतले हालसम्मको तयारीबारे जानकारी दिएका थिए ।
वार्षिकोत्सवको यो कार्यक्रममा सहभागी हुनका लागि भिक्टोरियामा रहेका नेपाली समूदायका सदस्यहरुलाई आफ्नो सहभागिता सुनिश्चित गर्न पनि आयोजकले आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया