शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०७:३४ |सिड्नीको समय: ०५:३४ |काठमाडौंको समय: ०१:१९

काठमाडौंमै आँखामा खुर्सानीको धुलो छर्की लुटपाट

एएनजेड खबरमार्च १४, २०२२

काठमाडौं– काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ सौडियार गाउँपालिका–६ घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङ घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन रहेका छन् । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।
पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए ।

त्यसबारे पीडितले महानगरीय प्रहरी वृत्त गौशालामा दिएको उजुरीका आधारमा दाङका महेश बिश्वकर्मा र राजेन्द्र सिनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । विश्वकर्मा विश्वकर्मा २६ र सिन २८ गते पक्राउ परेका हुन् ।

उक्त घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सोमबार प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया