कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित
एएनजेड खबरमार्च ५, २०२२
काठमाडौं – नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः निर्वाचित भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिबार दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।
तपाइँको प्रतिक्रिया