शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:२२ |सिड्नीको समय: ०१:२२ |काठमाडौंको समय: २१:०७

अस्ट्रेलियाद्धारा युक्रेनलाई ५ करोड डलर बराबरको हतियार सहयोग

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – अस्ट्रेलियाले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोग स्वरूप ७ करोड अस्ट्रेलियन डलर (५ करोड अमेरिकी डलर) बराबरका प्रतिरक्षात्मक हतियार पठाउने भएको छ ।
त्यस्तै थप ३ करोड ५० लाख अस्ट्रेलियन डलर चाहिँ देशबाट भागेका हजारौँ शरणार्थीहरूलाई वासस्थान, खाना पानीलगायत व्यवस्था मिलाउन पठाइने भनिएको छ ।
मंगलबार बिहानको प्रेस सम्मेलनमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले रुसी ट्याङ्कहरूलाई रोक्न हतियार निरोधक मिसाइलहरू पठाउनु अहिलेका लागि सबैभन्दा ठूलो प्राथमिकता रहेको बताएका हुन् ।
एन्टि–ट्याङ्क अर्थात ट्याङ्क प्रतिरोधक हतियार रुसी हमलाविरुद्ध सफल भइरहेको देखिएको छ । तरपनि रुस विस्तारै राजधानी किभतर्फ अघि बढिरहेको छ । यस्तोमा मरिसनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यसअघि आफूलाई ‘राइड होइन हतियार देऊ’ भन्दै अपील गरेको कुरालाई आफूले सम्बोधन गर्ने बताएका हुन् ।
उनले भनेका छन्, “हामी युक्रेनको समर्थनमा ७ करोड अस्ट्रेलियन डलर बराबरका घातक र गैरघातक दुवै थरिका हतियारहरू दिलाउने प्रतिबद्धता जनाउछौँ । यसमा मिसाइलदेखि गोलीबारुद, बन्दुक सबै हुनेछन् जसले युक्रेनीहरूलाई तिनको भूमि जोगाउन मद्दत गर्नेछ । हामीले यो सबै नेटोसँगको पार्टनरसीपमा गर्दैछौँ ।”
उनले थप भनेका छन्, “म अहिले नै कुन हतियार भनेर बताउँदिन किनकि हामी रुस सरकारलाई उनीहरूतर्फ के आउँदैछ भन्ने पूर्वजानकारी दिन चाहदैनौँ । तर यी सबै हातहतियार पक्का रुसतर्फ आउँदैछ भन्ने म सुनिश्चित गर्छु ।”

तपाइँको प्रतिक्रिया