शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:३५ |सिड्नीको समय: ०१:३५ |काठमाडौंको समय: २१:२०

चीनको इशारामा कम्युनिष्टरुले एमसीसीको विरोध गरे – पौडेल

एएनजेड खबरफ्रेब्रवरी २६, २०२२

काठमाडौं– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन् ।
तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले एमसीसीको विरोध गर्न नहुने बताए ।
उनले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन् । स्व।विक्रम परियारको योगदानलाई चिरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, ‘सहिदको परिवारलाई काँग्रेसले सँधै सम्मान गर्छ ।’
स्व.विक्रम परियार सालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको सालिक निर्माण गर्न लगाएको थियो । व्यास नगरपालिका–१२ का वीर उपरकोटीले सहिद परियारको शालिक निर्माण गरेका थिए । पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए ।
गायन क्षेत्रमा सक्रिय परियारको विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाले हत्या गरेका थिए । परियारको जन्म विसं २०३१ जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो ।

तपाइँको प्रतिक्रिया