शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०२:३५ |सिड्नीको समय: ००:३५ |काठमाडौंको समय: २०:२०

१८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिइने

एएनजेड खबरफ्रेब्रवरी ११, २०२२

काठमाडौं – कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना पुगेका १८ वर्षमाथिका सबै नागरिकले अब बुस्टर डोज पाउने भएका छन् ।

बिहीबार स्वास्थ्य मन्त्रालयले पूरा मात्रा खोप लगाएका १८ वर्ष माथिकालाई बुस्टर डोजका रूपमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।

बुस्टर डोज खोप दिँदा अग्रपंक्तिमा खटिनेहरू, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रूपमा पछाडि पारिएका व्यक्तिहरूलाई प्राथिमकता दिन भनिएको छ ।

तपाइँको प्रतिक्रिया