शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०२:३१ |सिड्नीको समय: ००:३१ |काठमाडौंको समय: २०:१६

अस्ट्रेलियामा बुधवार थप ६८ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु

एएनजेड खबरफ्रेब्रवरी ९, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा बुधवार थप ६८ जना कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको छ। न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्यान्ड, क्यानबेरा र टास्मेनियामा गरेर उक्त संख्यामा मृत्यु भएको हो ।
आज जारी आधिकारिक सूचना अनुसार न्यु साउथ वेल्सका अस्पतालहरूमा कोरोना भाइरस सम्बन्धी बिरामीहरूको सङ्ख्या घट्ने क्रम जारी छ। राज्यमा हाल १,९०६ जना कोभिड– १९ सङ्क्रमित बिरामीहरू अस्पतालहरूमा भर्ती छन्। हिजो यो सङ्ख्या २,०६८ रहेको थियो। यसै गरी राज्यभर मङ्गलवार १३७ कोरोनाभाइरसका बिरामीहरू सघन उपचार कक्षमा रहेकोमा आज सो सङ्ख्यामा केही सुधार हुँदै १३२ रहेको छ।

भिक्टोरियामा हाल ५४२ जना अस्पतालमा भर्ना भएका छन् भने ७१ जनाको आइसियुमा उपचार भइरहेको छ। पछिल्लो २४ घण्टामा ९,९०८ राज्यवासी सङ्क्रमित भएको बताइएको छ भने २० भिक्टोरियालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।
त्यसैगरी क्वीन्सल्यान्डका अस्पतालहरूमा ६८६ जना मानिसहरू कोभिड–१९ का कारण भर्ना भएका छन् भने ती मध्ये ४४ जनाको उपचार सघन रूपमा भइरहेको छ।
टास्मेनियामा भने हाल १० जना कोभिड– १९ बिरामीहरू अस्पतालमा भर्ना भएका छन्। पछिल्लोअवधिमा ५७४ नयाँ विरामी थपिएका छन् । दुई जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरीले पछिल्लो २४ घण्टामा ४७५ जना सङ्क्रमित भएको बताएको छ। प्रदेशको अस्पतालमा हाल ५४ जनाको कोभिड– १९ सम्बन्धी जटिलताहरूका कारण उपचार भइरहेको छ र ती मध्ये एकलाई भेन्टिलेटरमा राखिएको छ।

तपाइँको प्रतिक्रिया