शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०१:१६ |सिड्नीको समय: २३:१६ |काठमाडौंको समय: १९:०१

अष्ट्रेलियाको सिमाना फेब्रुअरी २१ बाट सबैका लागि खुल्ने

एएनजेड खबरफ्रेब्रवरी ७, २०२२

अष्ट्रेलिया – अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुल्ने भएको छ । अष्ट्रेलियाको सिमाना कोभिड – १९ का कारण दुइ वर्षदेखि बन्द रहेको थियो । संघिय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिषावहाकका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको हो ।

पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले मान्यता प्राप्त खोपको पुर्णमात्रा लगाएका सबै भिषावहाकलाई आउन दिने निर्णय भएको जानकारी दिए ।
खोप नलगाएका यात्रुले भने आउनु अघि पुर्व अनुमति लिनुपर्दछ । उनीहरु क्वारेन्टाइनमा बस्नु पर्नेछ । यसअघि सरकारले डिसेम्बर १५ देखि विद्यार्थी लगायत विभिन्न २८ वटा भिषावालाका लागि सिमाना खुल्ला गरेको थियो ।

तपाइँको प्रतिक्रिया