आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२५ |सिड्नीको समय: १३:२५ |काठमाडौंको समय: ०९:१०

नेपालमा थप १३८६ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी ६, २०२२

काठमाडौ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १३८६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।

तपाइँको प्रतिक्रिया