प्रदेश–१ को मन्त्रिपरिषद् विस्तार,आज ८ मन्त्री नियुक्त
एएनजेड खबरफ्रेब्रवरी ६, २०२२
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । आज थप आठजना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको हो । जसमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
मन्त्रिपरिषदमा आज नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् । आज आठ मन्त्री थपिएका हुन् । उनीहरूले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
तपाइँको प्रतिक्रिया