शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४३ |सिड्नीको समय: ०७:४३ |काठमाडौंको समय: ०३:२८

हेमन्त कान्छा र रेम गुरुङको ‘फूल रोको कस्ले देख्छ र ? ’ सार्वजनिक

एएनजेड खबरफ्रेब्रवरी ६, २०२२

काठमाडौँ – गायक तथा सारंगी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा सजिएको ‘फूल रोको कस्ले देख्छ र ?  ’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रेम गुरुङको  शब्द र संगीत रहेको गीतमा फुलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।  

फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ ।  त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् । सर्जक सदाबहार गायिका शर्मिला गुरुङका भाई हुन् । उनी हाल अध्ययनको शिलशिलमा सपरिवार अष्ट्रेलियमा छन् । 

तपाइँको प्रतिक्रिया