बुधबार, कार्तिक ७, २०८१ |Wed Oct, 2024
अक्ल्याण्डको समय: १५:१८ |सिड्नीको समय: १३:१८ |काठमाडौंको समय: ०८:०३

युकेबाट आयो ‘बलेको आगो’ (भिडियोसहित)

एएनजेड खबरजनवरी ३१, २०२२

काठमाडौं– गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ गीतको म्युजीक भिडियो सार्वजनीक गरेका छन् । बेलायतका बिभिन्न रमणीय स्थलमा खिचिएको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् ।
आरडिआर इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरिएको भिडियोमा अभिनेता ध्रुव दत्त,रोशना कार्की र दुर्गा सिंहको अभिनय छ ।
प्रेमी–प्रेमीकाबीचको सम्बन्धमा आउने असमझदारी र त्यसले दिने पीडालाई प्रस्तुत गरिएको भिडियोको छायांकन तथा सम्पादन सुमन श्रेष्ठले गरेका हुन् ।
केशब बैरागी काइँलोको शब्द रचना र सुनील राईको संगीत तथा नवीन निरौलाको कलर ग्रेडिङ रहेको भिडियोको प्रस्तुतकर्ता राजकुमार सिंह हुन भने दुर्गा सिंह निर्माता छिन् । गीतको भावअनुरुपको भिडियो निर्माण गरिएकाले स्रोता–दर्शकले मन पराइरहेको निर्देशक गुरुङले बताएका छन् ।

तपाइँको प्रतिक्रिया