शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २२:३७ |सिड्नीको समय: २०:३७ |काठमाडौंको समय: १६:२२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

एएनजेड खबरजनवरी २८, २०२२

काठमाडौं –  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे छ । शुक्रबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्  ।

बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया