शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २१:२८ |सिड्नीको समय: १९:२८ |काठमाडौंको समय: १५:१३

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८०

एएनजेड खबरजनवरी २६, २०२२

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । त्यो अघिल्लो जनगणनामा १.३५ प्रतिशत थियो ।

जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ । एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) देखिएको छ । 

तपाइँको प्रतिक्रिया