शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५४ |सिड्नीको समय: ०७:५४ |काठमाडौंको समय: ०३:३९

लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड

एएनजेड खबरजनवरी १८, २०२२

काठमाडौं – बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले सोमबार लियोनल मेसी र मोहम्मद सालाहलाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फको अवार्ड जितेका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिष्टियानो रोनाल्डो भने स्पेसल अवार्डबाट सम्मानित भएका छन् । 

पोल्यान्डका लेवनडोवस्कीले लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् । उनले गत वर्ष पनि फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

अवार्ड जितेपछि खुसी व्यक्त गर्दै गर्वको महसुस भएको बताएका छन् । उनले भनेका छन्, ‘म यो यो सम्मान पाउँदा गर्वको महसुस गरेको छु । यसको श्रेय मेरो टोलीका साथीहरू र प्रशिक्षकहरुमा जान्छ ।’

यसैगरी म्यानचेष्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोले स्पेशल अवार्ड जितेका छन् । बार्सिलोनाकी एलेक्सियाले उत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छन् ।

यसैगरी चेल्सीका थोमस टुचेलले उत्कृष्ट प्रशिक्षक र चेल्सीकै एडवार्ड मेन्डी उत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन् ।

तपाइँको प्रतिक्रिया