प्रेस चौतारीको महाधिवेशन स्थगित
एएनजेड खबरजनवरी १८, २०२२
काठमाडौं– पोखरामा यही माघ २२–२३ गते हुने भनिएको एमाले निकट प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । कोरोनाको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको हो ।
गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया