शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १६:३० |सिड्नीको समय: १४:३० |काठमाडौंको समय: १०:१५

प्रधानमन्त्री स्कट मोरिसन कोभिड संक्रमणको ‘निगरानी’मा

एएनजेड खबरजनवरी २, २०२२
This image has an empty alt attribute; its file name is 246332980_427582952070406_2414259653633471113_n.jpg


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन यतिवेला आफुमा कोभिड–१९ संक्रमणको निगरानीमा रहेका छन् ।

सिड्नीको किरिविलीमा स्थित प्रधानमन्त्री निवासमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उपस्थित एकजना सहभागिमा कोभिड संक्रमणको पुष्टी भएपछि प्रधानमन्त्री मोरिसनपनि निगरानीमा बस्नुपरेको सरकारी अधिकारीहरुले बताएका छन् ।


न्यू साउथवेल्सको नयाँ स्वास्थ्य निर्देशिका अनुसार प्रधानमन्त्री मोरिसनले आईसोलेसनमा बस्नु पर्दैन भने पिसीआर जाँचपनि गराउनु पर्दैन ।


राष्ट्रिय मन्त्रिपरिषदको बैठकका वारेमा जानकारी दिने उद्धेश्यले बुधवार गरिएको सो पत्रकार सम्मेलनमा उपस्थित सवैले मास्क लगाएका थिए भने कार्यक्रमपनि खुल्ला स्थानमा आयोजना गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया