शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:५४ |सिड्नीको समय: १२:५४ |काठमाडौंको समय: ०८:३९

क्यानबेरामा नेपाली कांग्रेस जनसम्पर्क समितिले शुभकामना तथा सम्मान कार्यक्रम गर्ने

एएनजेड खबरनोभेम्बर ७, २०२१
This image has an empty alt attribute; its file name is canberra-queniban.jpg



नेपाली काँग्रेस निकट जन सम्पर्क समिति क्यानबेरा/ क्विनवेनले शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।


आगामी नोभेम्बर २७ तारिख शनिबार क्यानवेराको नारावुन्डामा अष्ट्रेलियाका विभिन्न राज्यका लोकतान्त्रिक समर्थकहरुको उपस्थितिमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गर्न लागिएको जनसम्पर्क समितिका संयोजक अशोक सुवेदीले एएनजेड खबरलाई बताए ।


कोभिड–१९ को डेल्टा भेरियन्टका कारण अष्ट्रेलियाका विभिन्न राज्यहरु लकडाउनको अवस्थाबाट लामो समयदेखि गुज्रिएपनि अहिले परिस्थिति सामान्य अवस्थामा फर्किदै गएको परिप्रेक्ष्यमा लोकतान्त्रिक शक्तिहरुको ऐक्यबद्धता तथा सांगठनिक सुदृढिकरणका हेतुले कार्यक्रम आयोजना गर्न लागिएको जनसम्पर्क समिति क्यानवेराले जनाएको छ ।


स्थानीय क्यानवेरा क्लब हाउसको हलमा आयोजना गरिने सो कार्यक्रममा समाजमा विभिन्न किसिमले सेवाभाव गरेका संन्चारकर्मी, सामाजिक संस्था र नेपथ्यमा रहेका तर समाजलाई सदा सहयोग गर्ने सहयोगी मनहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको पनि सुवेदीले बताए । यो एउटा राजनीतिक संगठनले गरेको कार्यक्रम भएपनि प्रवासमा रहेका सबै नेपालीहरुले अपनत्व गर्ने किसिमको शुभकामना आदानप्रदान र विचारविमर्शको कार्यक्रम हुनेपनि सुवेदीको तर्क रहेको थियो ।


कार्यक्रममा मेलवर्न, सिड्नी लगायत अन्य मुख्य सहरहरुबाट एनआरएनए अभियन्ता, जनसम्पर्क समितिका अगुवाहरु, सामाजिक अभियन्ता, ब्यवसायी, राजनीतिक नेताहरु लगायतका अतिथिहरु आउने निश्चित भइसकेको र कार्यक्रमलाई भब्य बनाउन क्यानवेरा, क्विनवेनका साथीहरु अग्रसर भएर लागिरहेको पनि सुवेदीले बताए ।

तपाइँको प्रतिक्रिया