शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:३१ |सिड्नीको समय: १२:३१ |काठमाडौंको समय: ०८:१६

भारतको खोपलाई अष्ट्रेलियाले मान्यता दिएकोमा म स्कट मोरिसनलाई धन्यबाद दिन्छु : नरेन्द्र मोदी

एएनजेड खबरनोभेम्बर ४, २०२१
This image has an empty alt attribute; its file name is e87e58d0a0ad08bf3412ffe8718a158626982dac-16x9-x0y0w2048h1152.jpg


सिडनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई टवीटमार्फत विशेष धन्यबाद दिएका छन् ।
मोदीले मोरिसनलाई यसरी विशेष धन्यबाद दिनुको कारण हो, अष्ट्रेलियाको औषधि र चिकित्सा उपकरण नियामकद्वारा भारतको कोभिड–१९ विरुद्धको खोपलाई औपचारिक मान्यता दिनु ।


‘भारतको खोपलाई अष्ट्रेलियाले मान्यता दिएकोमा म आफ्ना मित्र स्कट मोरिसनलाई धन्यबाद दिन्छु । कोविड–१९पछि दुबै देशबिच साझेदारीमा यो एउटा महत्वपूर्ण कदम हो’, मोदीले टवीटमा भनेका छन् ।


भारत बायोटेकको कोभ्यासिक्न र एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालयको कोभिशील्ड भारतमा व्यापक रुपमा प्रयोग भइरहेका छन् । अष्ट्रेलियाले कोभिशील्डलाई यसअघि नै मान्यता दिइसकेको छ ।


अष्ट्रेलियाको औषधि र चिकित्सा उपकरण नियामकले भनेको छ, ‘थेरापेटिक गुड्स एडमिनिस्टे«शन ( टीजीए)ले तय गरेको छ कि कोभ्याक्सिन ( भारत बायोटेक्सद्वारा निर्मित) र बीबीआइबीपी–को वी (शीनोफार्म, चीनद्वारा निर्मित)लाई यात्रीहरुको खोपकरणका लागि मान्यता दिइनेछ ।’


यो मान्यता १२ वर्ष र त्यसभन्दा माथिको आयुका यात्रीका लागि हो, जसलाई कोभ्याक्सीनको खोप लगाइएको छ । र, १८ देखि ६० वर्ष उमेरका लागि हो जसलाई बीबीआइबीपी–को वीको खोप लगाइएको छ ।

तपाइँको प्रतिक्रिया