शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १४:३४ |सिड्नीको समय: १२:३४ |काठमाडौंको समय: ०८:१९

जीवा लामिछाने बने एनआरएन फाउन्डेशनको अध्यक्ष, सदस्यमा इन्द्रा वन

एएनजेड खबरअक्टोबर २७, २०२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अन्र्तगतको एनआरएन फाउण्डेशनको अध्यक्षमा एनआरएन पूर्वअध्यक्ष जीवा लामिछाने चयन भएका छन् ।
२०७८ आश्विन ४ मा दर्ता भएको फाउण्डेशनको पहिलो आधिकारीक बैठकले लामिछानेलाई अध्यक्ष चयन गरेको हो ।


फाउन्डेशनको संस्थापक सदस्यमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला छन् ।


साथै फाउन्डेसनका सदस्यहरुमा एनआरएनका संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरिएको एनआरएन सचिवालयले जनाएको छ ।


नेपालमा सामाजिक तथा अन्य परोपकारी काम गर्ने अभिप्रायले एनआरएन फाउण्डेशन गैह«नाफामुलक संस्थाका रुपमा काठमाडौस्थित कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता भएको हो ।

तपाइँको प्रतिक्रिया