शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४७ |सिड्नीको समय: ०७:४७ |काठमाडौंको समय: ०३:३२

अष्ट्रेलियाका नेपाली कम्युनिष्टमा भद्रगोल, आरोप प्रत्यारोप चुलियो

एएनजेड खबरसेप्टेम्बर ५, २०२१
This image has an empty alt attribute; its file name is communist-1024x592.jpg
cartoon Source : himalsanchar.com

नेकपा(एमाले) विभाजनसँगै यो दलको अष्ट्रेलियास्थित भातृ संगठन प्रवासी नेपाली एकता मञ्चमा सुरु भएको रडाकोे झन् चर्किएको छ । केपी ओली र माधव नेपाल पक्षमा विभाजित भइसकेको एकता मञ्चमा यतिबेला परस्पर विरोधी पक्षविच अरोप प्रत्यारोप र बक्तव्यबाजीले तिब्रता लिएको छ ।
अष्ट्रेलियामा रहेका एमाले अहिले दुइ कित्तामा बाँडीएका छन् । एउटा कित्ताको नेतृत्व रमेश पान्डे र अर्को कित्तामा राजनकुमार बस्नेत । संगठन नै भद्रगोल भएपछि यसका अन्य शुभचिन्तक र समर्थक चाहिँ अन्यौलमा छन् ।


सर्वोच्च अदालतको फैसलापछि एमाले र माओबादी केन्द्र छुट्टीएलगत्तै प्रवासी नेपाली एकता मंच पनि दुइ फ्याक भएको थियो । राजनकुमार बस्नेतको अध्यक्षतामा ४९ सदस्यीय प्रवासी नेपाली मंच (माधव-प्रचण्ड समूह) गठन गरिएको थियो ।
यो समानान्तर समिति अब खुलेरै माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी)को पक्षमा लागेको छ । सामानान्तर समितिले ५ सेप्टेम्बरमा विज्ञप्तिमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै अष्ट्रेलियामा रहेका सम्पूणर् बामपन्थीहरुलाई आफुहरुको सँगठनमा आवद्ध हुन अपिल गरेको छ ।


ओलीले पार्टी र सरकारको व्यवस्थापन सही ढँगले गर्न नसकेकै कारण पार्टी फुटेको, संसद विघटन गरेर असंवैधानिक कदम चालेको, ओलीको अभिष्ट पार्टीको हितभन्दा व्यक्तिगत स्वार्थमै रमाएकाले नेकपा (एकिकृत समाजवादी)लाई समर्थन गरेको समानान्तर समितिले जनाएको छ ।
उता रमेश पाण्डे नेतृत्वको समिति भने ‘मुल प्रवाहमै लाग्ने’ भन्दै एमालेकै पक्षमा उभिएको छ । समितिले ५ सेप्टेम्बरमै विज्ञप्ति जारी गर्दै हालको सत्ता गठबन्धनलाई ‘अनुचीत’ बताएको छ ।


‘एमालेभित्र देखिएको आन्तरिक संघर्षको परिणामस्वरुप केही एमाले नेता तथा साँसदहरुले पार्टीको विधान र पद्धतिलाई तिलांजली दिदै पद, सत्ता र शक्तिको निम्ति पार्टीको ह्विप विपरित विपक्षी गठबन्धन बनाई आफ्नै पार्टी नेतृत्वको सरकारलाई सत्ताच्यूत गर्न गरेका अनुचित कार्यको समर्थन प्रवासी नेपाली मंच अष्ट्रेलियाले कदापी गर्नेछैन’, विज्ञप्तिमा भनिएको छ ।
प्रवक्ता सन्तोष दाहालद्वारा जारी विज्ञप्तिमा ‘प्रवासी नेपाली मंच अष्ट्रेलिया पार्टीको मूल प्रवाहसँग हिजो पनि थियो, आज पनि छ र भोली पनि रहने छ’ उल्लेख छ ।


यसैविच बस्नेत समूहको विज्ञप्तिको हवाला दिदैं माधव नेपाल निकट पत्रकार शम्भु श्रेष्ठ सम्पादित दृष्टि न्यूज अनलाइनले ‘माधव नेपाललाई प्रवासी मंच अष्ट्रेलियाको समर्थन’ शिर्षकमा समाचार प्रकाशीत गरेपछि अर्को पक्ष आक्रोशित भएको छ । आधिकारिक समिति आफुहरुकै भएको संकेत गर्दै यो समूहले समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ ।


‘भलै यस संस्थाका केही नगण्य सदस्यहरु बिगतदेखि नै संस्थाको हित विपरित कार्य गर्र्दै आएको जानकारी हाम्रो जानकारीमा आउँदै गर्दा उहाँहरुको नाम समावेश गरि वक्तव्यसहित आएको समाचारमा कुनै सत्यता छैन, समाचार सरासर गलत र प्रवासी नेपाली मंच अष्ट्रेलियाको भावनाको ठ्याक्कै उल्टो छ’, विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया