शुक्रबार, मंसिर ७, २०८१ |Fri Nov, 2024
अक्ल्याण्डको समय: १२:५४ |सिड्नीको समय: १०:५४ |काठमाडौंको समय: ०५:३९

राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने

एएनजेड खबरअगस्ट २, २०२१

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन् ।

“सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछु” उनले भने । उनले राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो व्यक्तिगत सबै व्यावसायिक सङ्लग्नताबाटसमेत अलग हुने निर्णय गरेको जनाएका छन् । “पदमा रहदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म सङ्लग्न नहुने प्रतिबद्धता सार्वजनिक गर्दछु” उनले भने । श्रेष्ठ यही साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका थिए I

तपाइँको प्रतिक्रिया