१४ महिनापछि ओलीले राजीनामा दिने, देउवालाई प्रधानमन्त्री बनाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले राजीनामा दिने बताएका छन् । आफूले १४ महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रधानमन्त्री ओलीको टिप्पणी छ । संसद् भवनबाट बाहिरिने क्रममा पत्रकाहरुले प्रश्नहरु तेर्साएपछि र सरकारको औचित्यमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।
पत्रकाहरुले लगातार सरकारको आयुबारे प्रश्न गर्दा प्रधानमन्त्री ओली नसुनेझैं हिँडेका थिए । तर, एक शब्द त बोलिदिनुहोस भनेर पत्रकाहरुले भनेपछि गाडी चढ्ने बेलामा प्रधानमन्त्री ओलीको संक्षिप्त प्रतिक्रिया थियो,‘१४ महिनापछि मैले राजीनामा दिन्छु, त्यसपछि शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।’
पछिल्लो समय कांग्रेस–एमालेको सरकार ढल्ने चर्चा छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएर सत्ता समिकरण फेरबदल नहुने प्रतिक्रिया दिएका छन् । उनले गठबन्धन परिवर्तन हुनेबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् ।
तपाइँको प्रतिक्रिया