शुक्रबार, वैशाख १२, २०८२ |Fri Apr, 2025
अक्ल्याण्डको समय: ११:२९ |सिड्नीको समय: ०९:२९ |काठमाडौंको समय: ०५:१४

मेयर रिसालले गरे राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको भित्ते पात्रो विमोचन

एएनजेड खबरअप्रिल २३, २०२५

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक गरिएको छ। मंगलवार काठमाण्डौको अनामनगरस्थित किम्ची रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै भित्तेपात्रो सार्वजनिक गरिएको हो।

भित्तेपात्रो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि गोकर्णोश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालसंगै संस्थाका निवर्तमान अध्यक्ष हरिवल्लब नेपाल, अध्यक्ष चन्द्रमणी गौतम लगायतका अतिथिले सामुहिक विमोचन गरे । प्रमुख अतिथी रिसालले नेपालको भाषा संस्कृति रितिरिवाज जोगाउनका लागी लोक सञ्चारकर्मीको टिमले धेरै राम्रो काम गर्दै आएको र यस ०८२ सालमा अझ राम्रो काम गर्नका लागी शुभकामना दिए ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिका, वडा २९ का अध्यक्ष कुस कुमार ढकाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली , गोकर्णेश्वर नगरपालिका वडा ६ का अध्यक्ष नवराज लामा , पर्ल्स इङ्लिस एकेडेमीका अध्यक्ष केशव सापकोटा , बाग्मती अभियान्ता दुर्गा सापकोटा, कुलेखानी ड्याम साइट होटलका सञ्चालक हिरा गोपाली लगायतका अतिथीको उपस्थिती रहेको थियो।

तपाइँको प्रतिक्रिया