बुधबार, वैशाख ३, २०८२ |Wed Apr, 2025
अक्ल्याण्डको समय: ११:४४ |सिड्नीको समय: ०९:४४ |काठमाडौंको समय: ०५:२९

क्यानवेरामा ४० करोडको लागतमा पशुपतिनाथको मन्दिर निर्माण गरिने

एएनजेड खबरअप्रिल १५, २०२५

सिड्नी । अस्ट्रेलियाको राजधानी क्यानवेरामा पशुपतिनाथको मन्दिर निर्माण हुने भएको छ । ४० करोड नेपाली रुपियाँको लागतमा यहाँ पशुपतिनाथ मन्दिर निर्माण गर्न लागिएको हो ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमाझ सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने र नेपाली समुदायको हितका लागि क्रियाशील सनातन समाज अष्ट्रेलियाले क्यानवेरामा पशुपतिनाथको मन्दिर निर्माणको तयारी सुरु गरेको हो ।

अस्ट्रेलिया सरकारको नीति अनुरूप नेपाली समुदायको पहिलो र पुरानो गैरनाफामुलक संस्थाको रूपमा स्थापना भएको सनातन समाज अस्ट्रेलियाले ४० करोड नेपाली रुपियाँको लागतमा यहाँ पशुपतिनाथ मन्दिर निर्माण गर्न लागेको संस्थाका अध्यक्ष सन्तोष मल्लले जानकारी दिए ।

अध्यक्ष मल्लका अनुसार मन्दिर निर्माण गर्ने योजना अनुरूप नक्सा तयार गरिसकेको र मन्दिरको लागि जग्गा व्यवस्थापन गर्न अष्ट्रेलिया सरकार र क्यानवेरा राज्य सरकारका विभिन्न तहका उच्च पदाधिकारीसँग छलफल भइसकेको छ। अस्ट्रेलियामा करिब तीन लाख नेपालीको बसोबास रहदै आएको छ।

तपाइँको प्रतिक्रिया