बुधबार, चैत १९, २०८१ |Wed Apr, 2025
अक्ल्याण्डको समय: २१:१६ |सिड्नीको समय: १९:१६ |काठमाडौंको समय: १४:०१

राजर्षि गुरुकुलमा पत्रकारिताको महत्वबारे चर्चा

एएनजेड खबरमार्च २०, २०२५

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुलमा पत्रकारिताको महत्वबारे चर्चा गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको व्यहारिक सिकाइमार्फत पठनपाठन गराउँदै गएको गुरुकुलमा ‘आरजी मोरल भ्यालुज’ क्लबअन्तर्गत नेपाली पत्रकारिताबारे चर्चा गरिएको हो ।

कक्षा ९ र ७ का लागि आयोजित कार्यक्रममा नेपाल न्यूज बैंकका सम्पादक साथै अष्ट्रेलियाबाट संचालित एएनजेट खबर एयूका नेपाल सम्पादक युवराज गौतमले पत्रकारिताको महत्व र नेपालको अवस्थाबारे विद्यार्थीहरुसँग साक्षात्कार गरेका थिए ।

विद्यालयका कार्यक्रम संयोजक मुकेश दंगालको व्यवस्थापनामा आयोजित कार्यक्रममा प्रिन्सिपल लियोन लु श्रेष्ठले विद्यालयको पृथक सिकाइ र पाठ्यक्रमका बारेमा सुनाएका थिए । राजर्षि गुरुकुलका संस्थापक अध्यक्ष राजेश चौधरीले विद्यालयमा नेपालमै पहिलो पटक शिक्षण सिकाइमा नयाँ प्रयोग गरेको दाबी गरे । उनले व्यवहारिक र प्रयोगात्मक शिक्षण सिकाइमा आफूले अन्तर्राष्टिय स्तरमा अब्बल अभ्यासहरुलाई नेपालमा लागू गरिएको सुनाए ।

अथिति लेक्चरका रुपमा प्रश्तुत भएका पत्रकार गौतमले पत्रकारिताले आदर्श समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पत्रकारिताका आधारभूत कुराहरुबारे जानकारी गराएका थिए । उनले पत्रकारिता एउटा सुसूचित समाजको आधारशिला भएकाले आचार संहिता, धर्म र मर्ममा रहेर काम गर्नुपर्ने बताए । सो अवसरमा उनले राजर्षि गुरुकुलले गरेको रचनात्मक कार्यक्रमहरुको प्रसंशा समेत गरे ।

तपाइँको प्रतिक्रिया