बुधबार, फागुन २८, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: १६:५७ |सिड्नीको समय: १४:५७ |काठमाडौंको समय: ०९:४२

क-कसले पाउदैछ नई अष्ट्रेलिया युवा वर्ष पुरस्कार २०२५

एएनजेड खबरमार्च ११, २०२५

नई एकेडेमी अस्ट्रेलियाले नेपाली तथा अस्ट्रेलियाली समुदायमा रहेका प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै नई पारिजात र युवा वर्ष पुरस्कार २०२५ लागि पुरस्कार कार्यक्रम घोषणा गरेको छ।
प्रतिभाशाली युवा प्रतिभाहरूको सम्मान गर्ने उद्देश्यले नई एकेडेमी अस्ट्रेलियाले “नई युथ अफ द इयर अवार्ड २०२५” घोषणा गरेको नईका अध्यक्ष सीमा रोशीले बताउनु भएको छ । आगामी अप्रिल १९ का दिन ८९ औ पारिजात जन्मजयन्तीका अवसरमा भव्य कार्यक्रमका विच पुरस्कार प्रदान गरिनेपनि रोशीले जानकारी दिनुभएको छ।
यस प्रतिष्ठित पुरस्कार अन्तर्गत, खेलकुद, सङ्गीत, साहित्य र कला जस्ता विभिन्न क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेका १२ देखि २० वर्ष उमेर समूहका पाँच जना युवा बालबालिकालाई सम्मान गरिनेछ। प्रत्येक विजेताले १०० डलर नगद पुरस्कार प्राप्त गर्नेछन्, जसले गर्दा कुल पुरस्कार रकम ५०० डलर हुनेछ । पुरस्कार पाउनेहरूको नामावली भने कार्यक्रमकै दौरान सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।
युवा प्रतिभाहरूको सम्मानलाई थप विस्तार गर्दै, नई एकेडेमी अस्ट्रेलियाले “नई युथ प्राइड अवार्ड २०२६” पनि घोषणा गरेको छ।

तपाइँको प्रतिक्रिया