ट्रम्प र जेलेन्स्कीबीचको बैठक तनाबपूर्ण, तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता अप्रिय बनेको छ।
अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रूसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिका अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको रोयटर्सले उल्लेख गरेको छ।
ट्रम्पले जेलेन्स्कीको अवस्था कमजोर रहेको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका थिए । जवाफमा जेलेन्स्कीले आफू गम्भीर रहेको बताउँदै रूसप्रति नरम नहुन आग्रह गरे ।
बैठकका क्रममा ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप लगाउनुका साथै लाखौं मानिसको जीवनसँग जुवा खेलिरहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तनावपछि ट्रम्पले वरिष्ठ सहयोगीहरूलाई जेलेन्स्कीलाई बैठक छोड्न निर्देशन दिएको बताइएको छ। यससँगै अमेरिका–युक्रेन खनिज सम्झौतामा हस्ताक्षर भएन। युरोपेली नेताहरूले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई समर्थन जनाएका छन्।
तपाइँको प्रतिक्रिया