बुधबार, फागुन २८, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: ००:२६ |सिड्नीको समय: २२:२६ |काठमाडौंको समय: १७:११

रोमानियामा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन हुने

एएनजेड खबरमार्च १, २०२५

काठमाडौं । रोमानियामा रहेका नेपालीको सुविधाका लागि राजधानी बुखारेस्टमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ।

रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले राहदानी विभागसँगको समन्वयमा आगामी चैत १३ देखि १८ ९मार्च २६ देखि ३१० सम्म घुम्ती शिविर सञ्चालन गर्न लागेको हो।

दूतावासले जारी गरेको सूचनाअनुसार, २६ मार्च २०२६ भन्दा अगावै नेपाली राहदानीको म्याद सकिन लागेका रोमानियामा बस्दै आएका नेपालीहरूले नवीकरण गर्न सक्नेछन्।

यसका लागि दूतावासले आवश्यक कागजातहरूको सूची पनि सार्वजनिक गरेको छ।

आवश्यक कागजातमा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि रहेका छन्।

तपाइँको प्रतिक्रिया