बुधबार, फागुन २८, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: २३:५६ |सिड्नीको समय: २१:५६ |काठमाडौंको समय: १६:४१

अमेरिका पठाइदिने भन्दै एक करोड ४४ लाख ठगी

एएनजेड खबरफ्रेब्रवरी २६, २०२५

काठमाडौं। वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका १ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका २ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र ड्का रहेका छन्।

ललितपुर महाललक्ष्मी नगरपालिका ४ बस्दै आएका मनिषराज, टोखा नगरपालिका ८ बस्दै आएका मधुकुमार र वीरेन्द्रलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

दुई जनालाई विभिन्न देशको बाटो हुँदै अमेरिका लैजाने बहानामा उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले उजुरी दिएपछि खड्कात्रयको खोजीमा प्रहरी लागेको थियो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

तपाइँको प्रतिक्रिया