बुधबार, फागुन २८, २०८१ |Wed Mar, 2025
अक्ल्याण्डको समय: १७:१७ |सिड्नीको समय: १५:१७ |काठमाडौंको समय: १०:०२

यूएसएड बन्द गर्ने ट्रम्पको घोषणाले नेपालले पाउँदै आएको करिब ८७ अर्ब रोकियो

एएनजेड खबरफ्रेब्रवरी १३, २०२५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएड बन्द गर्ने घोषणा गरेपछि त्यसको ठूलो असर नेपालमा पनि देखिएको छ । अमेरिकी प्रमुख वैदेशिक सहायता संस्था युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड)बन्दको घोषणाले नेपालमा हजारौंको रोजगारी गुम्नेमात्र नभइ आम नागरिक समेत प्रभावित हुने निश्चित छ ।

यूएसएडमार्फत ६५ करोड ९० लाख अमेरिकी डलर (करिब ८७ अर्ब रुपैयाँ)को कार्यक्रम नेपालमा सञ्चालनमा रहेको छ । नेपाल सरकारसँग सम्झौता भएर सन् २०२२ देखि २७ सम्मका लागि सञ्चालनमा रहेका यस्ता कार्यक्रम ३५ वटा रहेको अर्थ मन्त्रायलयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपाल सरकारको बजेटरी सिस्टमबाट सञ्चालन हुने यस्ता कार्यक्रम ७ लाख १७ करोड डलरको रहेको छ भने बाँकी ५८ करोड ७३ लाख डलरको कार्यक्रम अमेरिकी विकास साझेदारसँगको सहकार्यमा सञ्चालित रहेको छ ।

यूएसएडले नेपालालाई स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीति सम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाका लागि अनुदान दिँदै आएको थियो ।

नेपालमा सन् २०२२ देखि २०२७ सम्मको लागि ६५ करोड ९० लाख अमेरिकी डलरको कार्यक्रम सञ्चालनमा छन् । यसमध्ये ७ करोड १७ लाख डलर नेपाल सरकारको बजेटरी सिस्टम भित्रको हो भने बाँकी ‘अफ बजेट अफ ट्रेजरी’ अन्तरगत छ ।

तपाइँको प्रतिक्रिया