अस्ट्रेलियामा डिपसिकमा प्रतिवन्ध
एएनजेड खबरफ्रेब्रवरी ६, २०२५
एजेन्सी । अस्ट्रेलियाले चिनियाँ एआई च्याटबट डिपसिकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाएको छ।
चीनमा निर्मित भएकाले नभई राष्ट्रिय सुरक्षामा खतरा हुने भएकाले प्रतिबन्ध लगाइएको अस्ट्रेलियाको दाबी छ।
डिपसिक आफ्ना लागि सुरक्षा खतरा हुने अस्ट्रेलियाको दाबी छ। जनवरीमा सार्वजनिक भएको डिपसिकले अमेरिकाका अगुवा एआई कम्पनीहरूलाई टक्कर दिएको थियो।
कुनै पनि सरकारी संस्थाले डिपसिकको प्रयोग गर्न नपाइने र गरेको भए हटाउनुपर्ने अस्ट्रेलिया सरकारको भनाइ छ। आम नागरिकका लागि भने प्रतिबन्ध लगाइएको छैन।
तपाइँको प्रतिक्रिया