आइतबार, माघ २०, २०८१ |Sun Feb, 2025
अक्ल्याण्डको समय: २१:४९ |सिड्नीको समय: १९:४९ |काठमाडौंको समय: १४:३४

दक्षिण कोरिया जाने श्रमिकलाई ७३ हजार रुपैयाँमै हवाइ टिकट

एएनजेड खबरफ्रेब्रवरी १, २०२५

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने श्रमिकले विगतभन्दा सस्तो दरमा हवाई टिकट पाएका छन् ।

सस्तोमा टिकट पाउँदा श्रमिकलाई राहत भएको छ । अहिले श्रमिकले ७३ हजार रुपैयाँ सस्तोमा टिकट पाएका हुन् । इपिएसमार्फत दक्षिण कोरिया जाने श्रमिकले महँगो मूल्य तिरेर सिधा उडानबाट जानुपर्ने बाध्यतालाई अन्त्य गरी ट्रान्जिट हुने व्यवस्था गरेसँगै त्यहाँ जाने श्रमिकलाई आर्थिक रूपमा ठुलो राहत भएको हो ।

यसअघि इपिएसबाट दक्षिण कोरियामा रोजगारीमा जानेलाई सिधा उडानमा कोरियन एयरलाइन्सको एकाधिकार थियो ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया जाने श्रमिकलाई ट्रान्जिटमार्फत जान पाउने व्यवस्थाले प्रतिश्रमिक करिब ४९ हजार रुपैंयाँको टिकटमा कोरिया पुग्ने व्यवस्था कार्यान्वयन भएको जानकारी दिए।

उनका अनुसार यसअघि कोरिया एयरलाइन्सको सिधा उडानबाट जाँदा प्रतिव्यक्ति एक लाख २२ हजार रुपैयाँ तिर्नु पथ्र्यो । ट्रान्जिटको व्यवस्था गर्नेबित्तिकै प्रतिश्रमिक ७३ हजार रुपैयाँ हवाई भाडा सस्तिएको छ ।

तपाइँको प्रतिक्रिया