एनआरएनएमा घले र केसी आमने सामने
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) थप विवादित बन्दै गएको छ । पटक पटक अदालतको दिएको आदेशलाई फरक फरक व्याख्या गरेर अभियन्ताहरुले संघको गरिमालाई गुमाउँदै लगको छन् ।
पूर्वअध्यक्ष शेष घले र ११औँ महाधिवेशनबाट आफूलाई निर्वाचित भनेर दाबी गर्दै आएका डा.बद्री केसी दुवै पक्षले संस्थाको महाधिवेशन गर्न छुट्टाछुट्टै मिति तोकेपछि संस्था थप धरासायी बनेको छ ।
एकर्काले आफूलाई आधिकारिक दाबी गर्दै चुनावी प्रक्रिया अघि बढाउन शाखाहरूलाई सर्कुलर गरेका छन् । १०औँ महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत चैत २१ गते परमादेश जारी गर्दै एकताको महाधिवेशन गर्न घले नेतृत्वको १३ सदस्यीय समितिलाई जिम्मेवारी दिएको थियो ।
तर, कृष्णप्रसाद तिमल्सिनासहित टिमको अर्को रिटमा सुनुवाइ गर्दै सोही अदालतले गत साउन २२ मा केसी नेतृत्वको कमिटीलाई काम गर्न बाटो खुलाइदिएको थियो । त्यससँगै यो टिमले आफूलाई आधिकारिक दाबी गर्दै घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएको छ ।
यता डा.घलेले तयारीलाई तिव्रता दिएका छन् । सोहीअनुसार आइतबार सम्पन्न समितिको पाचौँ बैठकबाट कार्यविधि पारित गरेको थियो । कार्यविधि पारित भएसगै घलेले सबै देशमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुलाई सर्कुलर पठाउँदै आवश्यक निर्देशन दिएका थिए ।
तर केसी समूहका महासचिव गौरीराज जोशीद्वारा हस्ताक्षरित सर्कुलरमा १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर ११ देखि १४ सम्म हुने निर्णय भएको उल्लेख छ । उक्त महाधिवेशनको तयारी गर्न संघले तयार गरेको सदस्यता सूचना प्रणालीमार्फत सदस्यता खुला गरिएको जानकारी गराएको छ ।
यता घलेले एनसीसीले मार्च १ देखि १५ मार्चभित्र निर्वाचन सम्पन्न गराउनुपर्नेछ भने एकताको केन्द्रीय महाधिवेशन भने मे ३ देखि ५ सम्म गरिने जनाएको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन इच्छुकका लागि समितिले मार्चा १६ देखि ३१ सम्म दर्ता आवेदन खोल्ने पनि जनाएको छ ।
तपाइँको प्रतिक्रिया