शनिबार, माघ ५, २०८१ |Sat Jan, 2025
अक्ल्याण्डको समय: १४:४१ |सिड्नीको समय: १२:४१ |काठमाडौंको समय: ०७:२६

अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत यादवले एकसाता भित्र पदभार सम्हाल्ने

एएनजेड खबरजनवरी १८, २०२५

सिड्नी । अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत चित्रलेखा यादवले एकसाता भित्रै ओहोदाको प्रमाणपत्र बुझाउने तयारी गरेकी छिन् ।

शुक्रबार सिड्नी उत्रिएकी उनी सोही दिन क्यानबेरा जाने र एक साताभित्रै ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम छ । चार बर्षको कार्यकालका लागि नियुक्त भएकी उनले न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूतको भूमिका निर्वाह गर्नेछिन् ।

यादवलाई न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वअध्यक्ष कृष्ण गिरी लगायत समूदायका अगुवाहरुले स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि यसअघिका राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको थियो । उनको ठाउँमा यादव राजदूत नियुक्त भएकी थिइन् । केही समय अघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए ।

सिड्नी उत्रिएपछि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र क्यानबेरास्थित नेपाली राजदूतावासबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण, विभिन्न राज्य तथा भूभागमा कन्सुलर सेवा प्रदान गर्न र साझा सामुदायिक लक्ष्यप्राप्तिका लागि बलियो साझेदारी हुने अपेक्षा व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया