नवनियुक्त ६ देशका राजदूतहले लिए शपथ
एएनजेड खबरजनवरी १, २०२५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।
राजदूतहरू प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा.नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा। डा। कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया