आइतबार, पुष २१, २०८१ |Sun Jan, 2025
अक्ल्याण्डको समय: १३:४० |सिड्नीको समय: ११:४० |काठमाडौंको समय: ०६:२५

म्यानमारबाट पाँच नेपालीको उद्धार, एकजनालाई नेपाल फर्काइयो

एएनजेड खबरडिसेम्बर २५, २०२४

काठमाडौं । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार (पुरुष) थाई सरकारी निकाय ‘आईओएम’ थाइल्यान्ड तथा अन्य गैरसरकारी संस्थासहितको सहयोगमा एक साताअघि नेपाल फर्काइएको थियो । एकजना महिलालाई भने नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया