शनिबार, पुष ६, २०८१ |Sun Dec, 2024
अक्ल्याण्डको समय: ०४:४० |सिड्नीको समय: ०२:४० |काठमाडौंको समय: २१:२५

५२ केजीको बुद्धको मूर्ति मेलबर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

एएनजेड खबरडिसेम्बर १९, २०२४

मेलबर्न । ३७ इन्च अग्लो ५२ केजी तौल भएको सुनको जलपसहितको वुद्धको मूर्ति अष्ट्रेलिया मेलबर्नको नेपाली मन्दिरलाई हस्तान्तरण गरिएको छ ।

लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक विशेष समारोहबिच मूर्ति हस्तान्तरण गरिएको हो ।

मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्यासहितको सहभागीहरुले विश्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा वुद्धसम्बन्धी भजन र गीत गाउँदै र्यालीमार्फत हस्तान्तरण गरिएको हो ।

नेपाली र वुद्धिस्ट झन्डा, वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहितका प्लेकार्ड र बाजागाजासहितको र्यालीमार्फत मूर्ति हस्तान्तरण गर्नेक्रममा तीन जना लामाहरुद्धारा बौद्ध परम्परा अनुसार बिधिपूर्बक पुजापाठ गरेका थिए ।

अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पदाधिकारीहरु, भीम न्यौपाने, सुधिर शाक्य, अनन्तराज पौडेल, दीपक आचार्यले अभियानलाई धन्यवाद ज्ञापन लेखिएको सम्मानपत्र विश्व संयोजक श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सो क्रममा श्रेष्ठले सरकारद्धारा गरिनुपर्ने काम नगरिएकाले जनस्तरबाट शुरु गरी १६ बर्षको समयाबधिमा राष्ट्रिय अन्तर्रास्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरेको जानकारी दिए । उनले राष्ट्र संघीय दुई महत्वपूर्ण निकायहरु अन्तर्रास्ट्रिय न्यायालय हेग र युनेस्को मुख्यालय पेरिसमा वुद्ध नेपालमा जन्मनु भएको सन्देश सहित मूर्ति राखिसकिएको जानकारी गराए ।

उनले बान्कीमून जस्ता बुद्धिस्ट राष्ट्र संघीय महासचिब भएको समयमा विश्वमा शान्ति कायम गर्ने मूल उद्देश्यले राष्ट्र संघीय मुख्यालयमा विश्व शान्तिका प्रतिक वुद्धको मूर्ति राख्ने प्रक्रिया यथाशाक्य छिटो अगाडि बढाउन पहल गरिको जानकारी दिए ।

श्रेष्ठले केही प्राविधिक कारणले गर्दा सात देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन प्रतिवेदन समेत तयार गरिएको जानकारी गराइयो ।

श्रेष्ठले अरुण स्वामीको २०१७ सालदेखिको अनवरत प्रयासको फलस्वरुप चाँडै राष्ट्र संघले आफ्नो वार्षिक क्यालेन्डरमा पार्ने गरी २१ डिसेम्बरलाई ‘विस्व ध्यान दिवस’ मनाउने निर्णय भएको जानकारी गराए ।

अभियानका नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व.धर्म बहादुर शाक्यले वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज गर्ने अभियानको उद्देश्य स्थापित गर्ने इच्छा रहेको सुनाए ।

अभियानले अमेरिकाको ट्विन टावर र नोबेल पुरस्कार बितरण गर्ने संस्थाजस्ता दुई महत्वपूर्ण ठाउँहरुमा पनि झण्डा राख्ने चाहना राखेको जानकारी गराइयो । नेपालमा बन्ने वुद्धको मूर्ति र अन्य देशमा बन्ने मूर्तिभन्दा फरक हुने भएकोले अभियानको उद्देश्य रहेको बताइयो ।

तपाइँको प्रतिक्रिया