सोमबार, पुष १५, २०८१ |Tue Dec, 2024
अक्ल्याण्डको समय: ०६:०९ |सिड्नीको समय: ०४:०९ |काठमाडौंको समय: २२:५४

माया सपोर्टेड लिभिङद्वारा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान

एएनजेड खबरडिसेम्बर १८, २०२४

लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ ।

जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।

प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा माया सपोर्टेड लिभिङमा ५ वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरिएको थियो।

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथि लगायत सबैप्रति आभार व्यक्त गरे । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।

फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्ड अनुसार विशेष केयर सेवा प्रदान गर्छ । तस्विरहरुः कुशल श्रेष्ठर के के फिल्मस् एण्ड मिडिया

तपाइँको प्रतिक्रिया