एनआरएनएको एकता महाधिवेशन मे ३-५ मा काठमाडौँमा हुने
काठमाडौं । गैरआवासीय नेपाली संघको उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३–५, २०२५ (२०८२ बैशाख २०, २१, २२) मा काठमाडौँमा योजना गर्ने निर्णय गरेको छ।
उच्चस्तरीय समितिको भर्चुयल माध्यमबाट सोमबार सम्पन्न दोश्रो बैठकले उक्त निर्णय गरेको समितिका एकजना सदस्यले बताए ।
बैठकले समितिको सचिवालयमा रबिना थापा र जानकी गुरुङ संगै कुमार पन्त र कुल आचार्यलाई थपगरि चार सदस्यीय बनाउने निर्णय गरेको छ।
यसैगरी बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवस्यक कार्यविधि (टर्म्स अफ रेफरेन्स) निर्माण गर्न डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधि रहने गरि एक महाधिबेशन आयोजना तथा संचालन सम्बन्धि कार्यविधि निर्माण समिति गठन गरेको छ। उक्त समितिले आफ्नो सुझाव आउँदो बैठकमा पेश गर्नेछ।
यसैगरी बैठकले संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसंग आवश्यक छलफल तथा संवादका लागि जीवा लामिछाने, रामप्रताप थापा, भिम उदास र कुमार पन्तलाई जिम्मेवारी दिएको छ।
बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण खुल्ला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्न सबै राष्ट्रिय समन्वय परिषदहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
तपाइँको प्रतिक्रिया