जनसम्पर्क समिति अष्ट्रेलियाको कार्यक्रममा कृष्ण गिरीलाई बधाईको ओइरो
नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको केन्द्रिय सदस्यमा ओशियाना तथा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै मनोनित भएका कृष्ण गिरीलाई सिड्नीमा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
जनसम्पर्क समिति अष्ट्रेलियाका महामन्न्त्री रोहित खड्काको अगुवाईमा सिडनीको टाउनहलमा विशेष बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति तथा महासमिति सदस्य गिरीले बिभागको कार्य क्षेत्रमा रहेर पूर्णरुपले जिम्मेवारी निभाउने र पार्टी र जनसम्पर्क समितिहरुलाई जोडनेकार्यमा समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय मञ्जु खाँडले गिरीलाई बधाई व्यक्त गर्दै जनसम्पर्कको संगठनलाई मजबुत बनाउन जिम्मेवारी सफलतापूर्वक निभाउने शुभकामना व्यक्त गरिन्।
नेपाली कांग्रेसका नेता नवराज गुरुङले गिरीले अघिल्लो दिनदेखि संगठन र पार्टीका लागि पु-याएको योगदानको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे।
सो कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाका लागि बाणिज्यदूत सञ्जीव शर्मा, एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष मन केसी, क्षेत्रीय संयोजक दिनेश पोखरेललगायतले गिरीको लामो समयदेखिको बहुसांस्कृतिक समाज र नेपाली समुदायप्रतिको योगदानको चर्चा गर्दै बधाई दिए।
कार्यक्रममा ओएनएफका पूर्व अध्यक्ष विनोद श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएन एनएसडब्लु महिला संयोजक सबला बस्नेत, तराई एशोसिएशनका पूर्व अध्यक्ष शुभांशु शाह, एनएडिएफ कोषाध्यक्ष बिकाश झा, डाक्टर राजु मानन्धर, व्यवसायी पिआर अधिकारी र अन्य अगुवाहरूले पनि गिरीलाई सफल कार्यकालको शुभकामना दिए।
तपाइँको प्रतिक्रिया